Monday, September 23, 2013

दाहालको निर्देशन नमान्ने राजदूत मायाकुमारीको संकेत

उनी भन्छिन्- 'म सरकारबाट नियुक्ति भएको भएको हो, पार्टीबाट होइन. 
दोहा, आश्विन ८ - कतारस्थित नेपाली राजदुत मायाकुमारी शर्माले आफ्नै एमाओबादीका अध्यक्ष पुष्पकमल दाहालको सुझाबलाई लत्याउँदै राजदुतबाट राजिनामा नगर्ने दाबी गरेकी छन् । बिबादस्पद छबि बनाएकी शर्मालाई नेपाल सरकारले राजदुतबाट बर्खास्ती गर्न लागेपछि सहज बाटो बनाउन अध्यक्ष दाहालले गत शुक्रबार राजिनामा दिई स्वदेश फिर्ता हुन सुझाब दिएका थिए । 'म अहिले माओबादी कार्यकर्ता हैन, सरकारको प्रतिनिधि हुँ, उहाँ (पुष्पकमल दाहाल) को ठाडो आदेश मानेर राजिनामा दिइ फिर्ता आउन मेरो गरिमाले दिदैन', कान्तिपुरसँगको टेलिफोन कुराकानीमा राजदूत शर्माले भनिन्, 'औपचारिक रुपमा हुने सबै कारवाही भोग्न म तयार छु ।' उनले दोहाबाट प्रकाशित पेन्नेलसुला अंगेजी पत्रिकालाई अन्तरबार्ता दिँदै आफु पार्टी भन्दा पनि सरकारप्रति उत्तरदायित्व भएको बताएकी छन् । 'म नेपाल सरकारबाट नियुक्ती भएको हो, कुनै एउटा पार्टीबाट होइन', पत्रिकासँग भनेकी छन्, 'म सरकारप्रति मात्रै उत्तरदायित्व हुने हो । सरकारले मलाई राजिनामा दिन कुनै औपचारिक पत्र पठाएको छैन् ।' नेपालस्थित कतारी राजदूतले परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्र लेख्दै शर्मालाई फिर्ता पठाउन दोस्रो पठक पत्र पठाएपछि एमाओवादीले आफ्नो सिफारिस शर्मासग राजिनामा माग्ने निर्णय गरेको थियो । एमाओबादीको सिफारीसमा बाबुराम भट्टराईको प्रधानमन्त्री भएको बेला शर्मालाई राजदुतमा नियुक्ती गरी कतार पठाएको थियो । एमाओबादी पार्टी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष समेत रहेको चितवनस्थित कृषि बिकास बैंककी शाखा अधिकृत शर्मा राजदुतको कार्यभर सम्हाल्न ९ मे २०१२ मा कतार आएकी थिइन । पार्टीको उक्त निर्णयपछि राजदूत शर्माले एक/दुई दिनमै राजिनामा गर्ने अनौपचारिक गराएकी थिइन् । आइतबार बेलुकीसम्म परराष्ट्र अधिकारीहरु शर्माको राजिनामा कुरेर बसेका थिए । शर्माले पार्टीको निर्णयअनुरुप सहजै राजिनामा नदिएमा सरकारले मन्त्रीस्तरीय निर्णयबाट उनलाई फिर्ता बोलाउन सक्ने सम्भावना रहेको छ । माओवादीका विदेश विभाग प्रमुख दीनानाथ शर्माले फर्कने तयारीका लागि केही समय मागेकाले त्यसो भनेको हुन सक्ने बताए । 'छोडै छोडिन चाहिं भन्नु भएको छैन', उनले भने । राजदूत शर्माले कतारमा गैरकुटनीतिक क्रियाकलाप प्रर्दशन गर्दै आएपछि हरेक महिना बिबादमा पर्दै आएकी थिइन् । पछिल्लो पटक 'कतार खुल्ला जेल' भनेर अन्र्तबार्ता दिएपछि कतारको परराष्ट्र मन्त्रालयले छानबिन परेकी थिइन । उनलाई पछिल्लो पटक जुन २४ मा कतारस्थित परराष्ट्रले स्पष्टीकरण मागेको थियो । उनले पछि लिखित स्पष्टीकरण दिएकी थिइन् । 'मित्रराष्ट्र कतार र कतारी जनताप्रतिको भाबनामा ठेस पुगेको अनुभब भएको भए त्यसप्रति क्षमा गरिदिनु होला', जुन २४ मा कतारको परराष्ट्र मन्त्रालयमा दिएको स्पष्टीकरणमा भनेकी छिन्, 'यसबाट हाम्रा दुई देशबीचको अत्यन्त सौहार्दापुर्ण सम्बन्धलाई मजवुत र प्रगाढ बनाउन यो घटनाले मलाई सदैब मार्गदर्शन गर्नेछ ।' यसबाट चित्ता नुबझेपछि नेपाल सरकारलाई 'दुई देशबीचको सम्बन्धमा असर पार्न नदिन' राजदुत शर्मालाई फिर्ता बोलाउन गत बुधबार कतारी राजदुतले परराष्ट्रमन्त्रीलाई औपचारिक पत्र बुझाएको थियो । लगत्तै सरकारले एमाओबादीसँग शर्मालाई फिर्ता बोलाउन सहमति मागेको थियो । एमाओबादीले परराष्ट्र मन्त्रालयलाई सहमति दिनुको साथै अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार फोन गरी राजिनामा दिन सुझाब दिएको थियो । उनले श्रृंखलाबद्ध रुपमा डिपोर्ट गर्ने क्रियाकलापमा उद्धत र कतार-नेपालको सम्बन्धमा खलल पुग्ने गरी अन्तर्बार्ता दिएपछि परराष्ट्र मन्त्रालयले पनि लिखित र मौखिक स्पष्टीकरण मागेको थियो । अस्वस्थ देखाई आइतबार कार्यालय नगएपनि राजदुत शर्मा सोमबार दुताबास गएकी थिइन । परराष्ट्र मन्त्रालयका एक अधिकारीले सरकारले बर्खास्ती गर्नुभन्दा आफैले राजिनामा दिएर आउनको लागि दिएको सहज बाटोलाई नमान्नु शर्माका लागि दुखद हुने बताए । 'सरकारले बखास्र्ती गर्नुको साट्टो राजिनामा गराउने भन्ने एमाओबादीको चाहना थियो', ती अधिकारीले भने, 'त्यसरी अटेर गरेर बसिरहे उहाँलाई नै पछि असर पर्छ ।' यसअघि साउदीस्थित नेपाली राजदुत हमिद अन्सरी बिबादमा आएपछि एमालेले राजीनामा गरेर स्वदेश र्फकन दिएको सुझाबलाई अटेर गर्दा पार्टीबाट साधारण सदस्य निलम्बन र सरकारले बर्खास्ती गरेको थियो ।

No comments:

Post a Comment