कपिलवस्तु,
आश्विन ६ - बजारमा अभाव सिर्जना भएपछि एकै साताभित्र प्याजको मूल्य किलोको ४० रुपैयाँसम्म बढेको छ । स्थानीय बजारमा मंगलबारसम्म प्रतिकिलो ८० रुपैयाँसम्ममा पाइने प्याज शनिबार १ सय २० रुपैयाँमा किनबेच भइरहेको थियो ।
पूर्वपश्चिम लोकमार्गको आसपासका बजारमा भने किलोको १ सय ३० रुपैयाँसम्म पर्न थालेको छ । तरकारी व्यापारीका अनुसार मूल्य अझै बढ्ने बताउँछन् । नजिकिंदो दसैंका कारण १ सय ६० सम्म पुग्ने उनीहरूको अनुमान छ । मूल्य बढ्दै जाँदा उपभोक्ताको भान्सामा ठाउँ पाउन छाडेको छ । भान्सामा प्याजको उपस्थिति निकै पातलिएको छ । स्थानीय उत्पादन न्यून र भारतबाट आउन नदिएकाले प्याज महँगो भएको हो ।
भारतले नेपालीलाई भारतीय बजारबाट प्याज आयात गर्नसमेत प्रतिबन्ध लगाएको छ । भारतमा प्याज कम उत्पादन भएकाले नेपाल आयातमा प्रतिबन्ध लगाइएको हो । भारतबाट प्याज आयात हुन नपाएपछि मूल्य ह्वात्तै बढेको हो । केही व्यापारीले लुकीछिपी प्याज आयात गरे पनि त्यो नगण्य छ । मूल्य बढेपछि थोरै नेपालीको भान्सामा मात्र प्याजको उपस्थिति रहेको छ । महँगी बढपछि अहिले यहाँ लोकल उत्पादित र दाङबाट ल्याइएको प्याज बजारमा पाइन्छ । चाडपर्वको मुखमा प्याजको मूल्यमा अत्यधिक वृद्धि भएकाले उपभोक्ता मारमा परेका छन् ।
हिन्दु धर्मावलम्बीको दसैं, तिहार र मुस्लिम समुदायको बक्र इद आउन लागेकाले प्याजको मूल्यमा निरन्तर वृद्धि भएको व्यवसायी बताउँछन् । यसरी नै मूल्य वृद्धि भइरहे दसैं र बक्र इदको बेला प्याजको मूल्य एक सय ५० रुपैयाँ पुग्ने तौलिहबाका थोक व्यापारी गुड्डु रैनीले बताए । मूल्य वृद्धिसँगै मागमा समेत निकै कमी आएको उनको भनाइ छ ।
ekantipur

No comments:
Post a Comment