काठमाडौ,
आश्विन ७ -
क्रिकेटर शरद भेषवाकरले डेढ दशकको संघर्षपछि आइतबार नेपाली नागरिकता पाएका
छन् । उनलाई गृहका अधिकारीले मन्त्रालयमै बोलाएर 'अंगीकृत नेपाली
नागरिकता' हस्तान्तरण गरेका हुन् ।
नागरिकता हातमा पर्दा शरदको मुहारमा छुट्टै चमक थियो । 'मैले त पाउँदिनँ भनेर हरेश नै खाइसकेको थिएँ,' हषिर्त उनी भावुक पनि बने, 'यो सबैका लागि खुसीको कुरा हो, तर मेरा लागि एक्स्ट्रा खुसी ।' उनी वर्षौंदेखि कैयौंपल्ट गृह मन्त्रालय र अन्य निकायमा धाएका थिए ।
नागरिकता पाउनेबित्तिकै उनले आमा हिमालीलाई फोन गरे, 'आमा मैले नागरिकता पाएँ ।' चाबहिल सिफलमा रहेकी आमाले उत्तर दिइछन्, 'साँच्चै हो ?' शरदले सुनाए, 'ममीले पहिला त पत्याउनु नै भएन ।'
पटक-पटक गृहमन्त्री फेरिए । हरेकले उनलाई नागरिकता दिलाउने आश्वासन पनि दिए । तर कुनैले वचन पूरा गरेनन् ।
आमा हिमाली खड्का (नेपाली) र बाबु दिलीप भेषवाकर (भारतीय) का कान्छा छोरा शरद २०४१ असोज २३ गते यूएईमा जन्मेका हुन् । उनी २०४८ देखि मात्रै नेपालमा बस्दै आएका छन् ।
नेपाली क्रिकेट स्टार (ब्याट्सम्यान) शरदले २०५१ देखि खेल्न थालेका हुन् । एभरेस्ट क्लब हुँदै उनले काठमाडौं क्षेत्र नम्बर-३ बाट राष्ट्रिय प्रतियोगिता खेलेका थिए । 'त्यस बेला म क्रिकेटका सामग्री हाल्ने झोला जत्रै सानो थिएँ, राजु बस्न्यात दाइले झोला जत्रो मान्छे भन्नु हुन्थ्यो,' शरदले आइतबार गृह मन्त्रालय परिसरमा ती दिन सम्भिmए ।
यू-१५ उमेर समूहदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका उनले सन् २००४ मा राष्ट्रिय क्रिकेट टिममा 'डेब्यु' गरेका हुन् । नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-५, डिभिजन-४, डिभिजन-३ र एसीसी ट्रफी एलिट जित्दा मध्यक्रमका ब्याट्सम्यान शरद टिमको मुख्य सदस्य थिए ।
उनले २०५१ मा नाबालक प्रवेशाज्ञा बनाएका थिए । त्यसकै आधारमा राहदानी बनाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएका थिए । नाबालक प्रवेशाज्ञाका आधारमा बनाएको राहदानीको मिति कात्तिकमा सकिँदै छ । नेपालले कात्तिक अन्त्यमा यूएईमा आईसीसी वल्र्ड ट्वान्टी-ट्वान्टी क्रिकेट छनोटमा खेल्दै छ । र, त्यसको केही महिनामा न्युजिल्यान्डमा वान-डे वल्र्ड कप छनोट खेल्दै छ ।
राहदानीको मिति सकिन लागेको र नागरिकता नभएका कारण शरदको सहभागिता अनिश्चित थियो ।
नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरू अध्यक्ष टंक आङबुहाङ, सल्लाहकार प्रकाश दाहाल, उपाध्यक्ष केशव घिमिरे, सदस्य सचिव सञ्जीव पाण्डेलगायतको पहलमा नागरिकता निकाल्ने अभियान थालिएको थियो । क्यान पदाधिकारीले भदौ १८ मा उच्चस्तरीय राजनीतिक समितिलाई भेटेका थिए । समितिले शरदलाई नागरिकता दिनु भन्दै सरकारलाई सिफारिस गरेको थियो । सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नागरिकता दिने निर्णय गरेको थियो ।
राष्ट्रिय टिमका कप्तान पारस खड्काले देशका लागि रगतपसिना बगाएको व्यक्तिलाई ढिलै भए पनि नागरिकता दिएर राष्ट्रले सम्मान गरेको बताए ।
नागरिकता लिएलगत्तै शरदले जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर राहदानीका लागि फाराम भरेका छन् । उनले सोमबार एमआरपीका लागि निवेदन दिने बताए । 'आजै पासपोर्टको काम सकिएको भए, सहज हुन्थ्यो,' घडीको सुईले ३ बजेको संकेत दिँदै गर्दा शरदले भने, 'सोमबार पनि टे्रनिङ छुट्ला जस्तो छ ।'
अन्तमा फेरि उनी भावुक बने, 'नागरिकता भनेको एउटा पक्ष हो । मुख्य कुरा नेपाललाई वल्र्डकपमा पुर्याउनु हो । त्यसका लागि मैले अभ्यास र मिहिनेत गर्नुपर्छ । नत्र यो बनाएको के काम ?'
source: ekantipur

No comments:
Post a Comment